सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका व्यापारीको हत्या गरेको आरोपमा १ जना पक्राउ

२०७७ फाल्गुन १९, ०४:२१ जनक विष्ट

धनगढीः कैलाली गोेदावरी नगरपालिका– ५ का स्थानीय व्यापारी शिवचरण रानाको हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीले रानाको हत्यामा संलग्न भएको अभियोगमा १ जनालाई  पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरी सुत्रले दिनेशखबरलाई जानकारी दिएको छ। 

पक्राउ पर्नेमा गोदावरी नगरपालिकाकै स्थानीय रहेको बताइएको छ। उनले बयानका क्रममा पूरानो विवादका कारण रानाको हत्या गरेको स्वीकार गरेको स्रोतको दाबी छ। तर उनीसँगै केही अन्य व्यक्ति पनि संलग्न रहेको देखिएकाले खोजी कार्य भइरहेको प्रहरीले बताएको छ। 

अनुसन्धानको घेरामै रहेका उनीहरुलाई पक्राउ गरेपछि मात्रै सार्वजनिक गर्ने तयारी प्रहरीको छ। तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले घटना अनुसन्धानकै चरणमा रहेकाले आरोपी पक्राउ गरेको कुरा पुष्टि गर्न अस्वीकार गरेका छन्।   

प्रहरी नायब उपरीक्षक बिष्टले आफूलाई मानिस पक्राउ परेको विषयमा खासै जानकारी भएको प्रतिक्रिया दिए। 

फागुन १५ गते निर्माणाधिन गेटा मेडिकल कलेज नजिकै धारिलो हतियार प्रहार गरि हत्या गरेको अवस्थामा फेला परेका गोदावरी नगरपालिका–५ का व्यापारी रानाको हत्यामा संलग्न भएको आशंकामा ६ जनामाथि सुक्ष्म निगरानीमा राखेको थियो। 

‘सुरुमा १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो,’ प्रहरी सुत्रले दिनेशखबरसँग भन्यो, ‘दायरा घटाउँदै अहिले ६ जनामा सिमित राखियो। अहिले तिनै मध्येका १ जना पक्राउ परेका छन्। अन्य व्यक्ति पनि छिट्टै पक्राउ पर्छन्। सम्भवतः १/२ दिनभित्रै निष्कर्षमा पुग्छौँ होला।’ 

परस्त्री पनि यो घटनासँग जोडिएको प्रहरी बताउँछ। गेटा आँखा अस्पताल नजिकै पसल राखेर व्यापार गर्दै आएका राना मृत अवस्थामा फेला परेका थिए।

धारिलो हतियार प्रहार गरेको पाईएपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान अघि बढाएको थियो।

मृतकका परिवारले ‘हत्यारा’ पत्ता नलागेसम्म शव नबुझ्ने बताएका छन्। उनको शव ५ दिनदेखि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

सम्बन्धित समाचार :

कैलाली व्यापारी हत्याकाण्ड: युवतीसहित ६ जना संदिग्ध प्रहरीको उच्च निगरानीमा

कैलाली युवक मृत्यु प्रकरणः परिवारले बुझेन शव

कैलाली युवक मृत्यु प्रकरणः हत्या गरेको आशंकामा १२ जना नियन्त्रणमा

पसलबाट ‘भैँसी दुहुन’ घरतर्फ गइरहेको मौका छोपेर युवकको हत्या गरिएको आशंका

कैलाली युवक मृत्यु प्रकरणः तालिम प्राप्त कुकुरसहित अनुसन्धानमा खटियो प्रहरी

कैलालीमा मृत भेटिएका युवक को हुन्, कस्तो छ शवको प्रकृति ?

कैलालीमा युवक मृत फेला, हत्याको आशंका

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस