पहिलेको समाज र अहिलेको समाज
कृष्णमणि पराजुली
पूर्व उप सचिव
नेपाल सरकार
हामी सबैले अनुभव गरेकै कुरा हो कि हाम्रो समाजको अवस्थामा हाल सम्म पनि खासै सुधार नभएको कुरा । यसो हुनुमा शिक्षा,स्वास्थ्य, यातायात जस्ता आधारभूत क्षेत्रमा विकास हुन नसक्नु नै हो। अर्को कुरा हाम्रा आफ्नै परम्परागत मान्यता एवंं अन्धविश्वास पनि मुख्य कारक को रुपमा रहेका देखिन्छन्।
यीनै क्षेत्रहरुलाई केन्द्रबिन्दु बनाई यो लेख तयार पारीएको छ र मुख्य कुरो भनेको पहिलेको समाजको तुलनामा हाल को अवस्था सम्म पनि सुधार किन हुन नसकेको होला भनी एकै छिन जो कोही पनि घोतलिनु पर्ने स्थिति देखापरेको छ।
पहिलेको अवस्था,
करीब ४० वर्ष पहिले मेरा साथि डा. शुरबिरबीर पौड्णलले लेख्नु भएको गोरु पनि व्याउँदो रहेछ भन्ने कथा आज सम्म पनि मलाई याद भईनै रहेको छ। त्यो कथामा गाउँका साधारण मानिसलाई कसरी टाठाबाठाहरुले ठगिको खेती गर्दछन् भन्ने कुरा प्रष्ट गरीएको थियो। धनीमानी र ठालुहरु गरीब जनतालाई अनेक किसिमका कुतर्क तेस्र्याएर हुंनै नसक्ने कुरालाई पनि हुन्छ भन्ने दलील गरेर प्रमाणित गरेको उल्लेख थियो।
सारांशमा भन्नु पर्दा गरीबले पालेको गोरु ब्याउंछ भनेर धनी व्यक्ति वा गाउँको टाठो बाठोले प्रमाणित गरेर गोरु लगेको घटना। यस्ता घटना अहिले पनि हाम्रा समाजमा दिन प्रतिदिन घटिनै रहेका छन्।
म आठ दस वर्षको हुँदा घरमा धान झांट्नको लागि नगिचै बस्ने हर्के दर्जिलाई बोलाइएको थियो। उसले काम गर्दै जांदा कामको सिलसिलामा बातचित पनि भईनै रहेको थियो। हर्के दर्जिले अम्बा भनेको बेलाउंती हो। अथवा अम्बा र बेलाउंती भनेको एउटै चिज हो भनेको मैले सुनेको थिए। फरक फरक होइन भन्ने उसको दलीलथियो। तर मालिक माहाप्रसादलाई भने उसले भनेको कुरालाई गलत सावित गर्नु थियो र उसले भन्यो तैंले पढेको छैनस, तंलाई अम्बा भनेको के थाहा ?
अम्बा भनेको आँप हो भन्ने कुरा पुष्टि गर्न खुबै आफ्ना तर्क निरन्तर रुपमा पेश गरीनै रह्यो। जति हर्के दर्जिले भने पनि माहाप्रसादले स्वीकार गर्दैगरेन। आफ्नो एकोहोरो बिनातर्क वा प्रमाण जिद्दी गरीनै रह्यो। यो विषयमा हर्के दर्जिले आफूलाई संयमयित बनाउंदै तर्क गर्ने कुराबाट पन्छिन पुग्यो। यसरी नहुने कुरालाई मुढेवल एवं शक्तिको भरमा माहाप्रसादले आफूलाई बिजेता बनाउन सफल भयो र हर्के दर्जि पराजित हुन पुग्यो।
अर्को घटना पनि यहाँ उल्लेख गर्न मलाई उपयुक्त लाग्यो। त्यस समयमा पनि म सानै थिए। मलाई धेरै कुरा थाहा थिएन पनि। केवल थाहा थियो त के खानहुन्छ, के खानहुन्न, कहाँजाने, कहाँनजाने, दलित को घरमा जान हुंदैन र उनीहरुले छोएको कुरा खान हँदेन, छोईयो भने छिटो हाल्नुपर्दछ भन्ने जस्ता कुरा मात्र मलाई थाहा थियो र यस्तै शिक्षा मात्र मलाई दिइएको थियो। म त्यसैलाई शिरोधार गरेर पालना गरेको हुन्थें।
छुन नहुने र छोएपछि चोखिनको लागि छिटो हाल्नु पर्दथ्यो। यो प्रचलन धेरै जसो गाउंघरमा विद्यमान छदैंछ। यसलाई निर्मूल पार्न सकिएको छैन।अर्को एक दिन पनि हर्के दर्जिसंग माहाप्रसादको बादविवाद चलिनै रहेको थियो। त्यस समयमा गाउँका टाठाबाठा र धनी मानिससँग फाट्टफुट्ट रेडियो हुन्थ्यो। मलाई रेडियोको विषयमा थाहै थिएन भनेपनि हुन्थ्यो । मेरो घरमा रेडियो थिएन ।
अन्यत्र खोज्दै जाने मेरो हैसियत पनि भैसकेको थिएन। बादविवाद सामान्य थियो। कुरा के थियो भने रेडियोको कारखानाबाट जे पठायो त्यहि मात्र आउँछ अरु केही पनि आउन सक्दैन। जस्तो माथिबाट गीत हाल्यो उस्तै गीत मात्र आउँछ, भजन हाल्यो भने भजन मात्र आउँछ, त्यस्तै गरेर कबिता हाल्यो भने कविता मात्र आउँछ अरु कुरा आउँदै आउँदैन भन्ने तर्क थियो माहाप्रसादको।
तर हर्के दर्जिको तर्क थियो रेडियोमा विभिन्न कुरा हुन्छन्, आफूलाई गीत सुन्न मन लागे गीत बजाउन सकिन्छ, भजन सुन्न मन लागे भजन सुन्न सकिन्छ । यसै गरी कविता सुन्न मन लागे कविता सुन्न सकिन्छ । मुख्य कुरो भनेको रेडियोलाई चलाई रहनुपर्छ र ठिक स्टेशनमा लगेपछि बज्ने गर्दछ भन्ने कुरा उसले भनि रहेको हुन्थ्यो। तर उसको तर्कलाई माहाप्रसादको कहाँ चित्त बुझ्थ्यो र? हर्केको अगाडि उसले बाजिमार्नु अर्थात जित्नु नै पर्दथ्यो। महाप्रसादले आफ्ना एकोहोरो कुतर्क राख्दै गयो।
माहाप्रसाद भन्दा हर्के धेरै जान्ने बुझेको भएपनि उसको केही लागेन र होला हजूर मत दलितको छोरो, मलाई के थाहा हुन्छ र हजूरहरु जस्तो पढेलेखेको मानिस म होईन भनेर भन्न मात्र भ्याएको थियो, महाप्रसादको अनुहार हसिँलो हुन पुग्यो। अघिनै मलाई थाहा छैन हजूर भनेको भए, यति लामो बहस किन गर्नु पथ्र्यो र? जेहोस् मैले भनेको कुरा तैंले मानिस्, ठिकै भयो भनेर महाप्रसाद अर्को तिर लाग्यो।
अर्को एउटा घटना पनि मेरो मनमा अझै ताजा छ। त्यो थियो बिहाबारीमा बाजा बजाउने दमाईहरुलाई दिने ज्याला । बेहुली भित्र्याई सकेपछि दमाईहरुलाई ज्याला दिने काम हुन्छ। दमाईहरुलाई कम ज्याला दिनको लागि उनीहरुसँग कसिकसाउ(बार्गेनिङ्) गर्नको लागि सक्षम व्यक्तिको खोजि गरीएको हुन्थ्यो। अलि जान्ने बुझने, टाठोबाठो, समाजमा अलि चल्ता पूर्जा भएको व्यक्तिलाई त्यो काम जिम्मा लगाईन्थ्यो र उसले किनारा पनि लगाउँथ्यो। दमाईंहरुले ज्याला पुगेन भनी जति कराए पनि एक सुका पनि थपिएको हुन्थेन। जे जति दिएका हुन्थे, त्योनै उनीहरुले स्वीकार्नु पथ्र्यो।
यी त भए केही वर्ष अघिका समाजमा भएका केही प्रतिनिधिमूलक घटना र समाजका केही प्रतिनिधिमूलक पात्रहरुको विवेचना तथा हाम्रो समाजको अवस्था। तर अहिलेसम्म पनि हामी र हाम्रो समाजमा खासै तात्विक अन्तर भएको देखिदैन। परिवर्तनकारी समाजले जुन रुपमा परिवर्तन ल्याउन सक्नुपर्ने थियो, त्यो हुन सकेको छैन । यीनै कुराको सेरोफेरोमा रहि बर्तमान अबस्था बारे तलका प्रकरणमा केही प्रकाश पारिएको छ।
अहिलेकोे अवस्था,
अहिले पनि हर्के दर्जि जस्ता केही पात्रमा केही परिवर्तन आएको होला। तर महाप्रसाद जस्ता ठालुहरुले बुझि बुझिकन पनि बुझ पचाई रहेका देखिन्छन्। उनीहरुको चरित्र र प्रवृत्तिमा कुनै सुधार आउन सकेकोछैन। आफूलाई सुुख र अरुलाई पिडा दिने गतिविधि सन्चालन भईनै रहेका छन्।
एक दिन मेरो कान्छो छोराले भनेको थियोे, हैन बुवा सरकारी कर्मचारी त बोल्न पनि कति गाह्रो मान्दा रहेछन्। सबै सरकारी कर्मचारी यस्तै हुन्छन् कि क्याहो भन्ने उसको भनाई थियो। दाईको मार्कसिट झिक्न बिश्वबिद्यालय गएको थिएं, त्यहां मार्कसिट झिक्नको लागि आबश्यक पर्ने विषय बारे जानकारी लिनको लागि सोधनी गर्दा अलि अलि आबाज निकालेर केही भने जस्तो गरेर अर्कै तिर मुन्टो फर्काएर प्रष्ट जवाफ दिन चाहेनन् । यसरी कसैले पनि जबाफ नदिएपछि उ जानकारी लिन नसकि घर फर्किएंकोे थियो। त्यो मार्कसिट उसले झिक्न नसकेर म आफै गएर झिकेर ल्याएको थिए।
त्रिवि कै कुरा गर्दा त्रिवि कै अधिकारीबाट प्रमाणित गरेको प्रतिलिपिको आधारमा नपुग प्रतिलिपि प्रमाणित गरीदिन अनुरोध गरेकोमा प्रतिलिपी प्रमाणित नगरी दिएको अनुभव अझ सम्म पनि मलाई ताजै रहेको छ । प्रतिलिपि प्रमाणित गर्न सक्कल आबश्यक पर्ने र पहिलेको त्यहि विश्वविद्यालयको अधिकारीले प्रमाणि गरेको प्रतिलिपिलाई आधार मान्न सकिदैन भन्ने जवाफ मिल्यो। विदेशमा पढ्न गएको हुँदा सक्कल प्रति पेस गर्न पनि संभव थिएन। त्यहिं भएको अभिलेखको आधारमा प्रतिलिपि प्रमाणित गर्नु कुनै गैरकानून थिएन भन्ने कुरा यो लेखकलाई अझैसम्म पनि लागि रहेकोनै छ। किन प्रमाणित गरिएन बुझ्न सकिएन।
केही वर्ष अघिको कुरो हो मैले व्यक्तिगत आयको कर चुक्ताको प्रमाणलिन ठूलै कसरत गर्नपर्यो। उक्त आव मा कुनै कारोबार नभएपनि सोही बेहोराको कर चुक्ताको प्रमाण लिनु पर्ने थियो। कर्मचारी बाट बिबरण फाराम भर्न सहयोग पनि नगरिदिने र सिकाउंदा पनि नसिकाउने गर्दा म जस्ता सर्बसाधारणलाई मर्का पर्न जानु स्वभाविकै थियो । आफूले तिरेको राजस्वको प्रमाणको आधारमा करचुक्ताको प्रमाण दिन कर कार्यालयलाई किन समस्या? कुरो बुझ्न सकिएन।
केही दिन अघि मात्र म मनकामना दर्शनको लागि काठमाण्डौबाट त्यसतर्फ लागेको थिए । टिकटको लागि गोरखा जाने बसमा लाईनमा बसे र मनकामनाको सम्मको लागि अनुरोध गरे। मसँग जेष्ठ नागरिकको परिचय पत्र छ भनेर देखाए। उनीेले यसो हेरेर कार्डको बारे केही खोट लाउन नसकेपछि, हामीले दिने गरेको छैन भने र कार्ड मलाईनै फिर्ता गरे।
राज्यले दिएको सुविधा तपाईले किन नदिने भनी मैले प्रतिबाद गर्दा पुनः उही जवाफ आयो दिन सकिदैन। त्यसपछि म केही समय रुंगि रहेको देखेर एउटा अपरिचीत व्यक्तिले सोधनी गरे। जवाफमा म मनकामना जाने हो, जेष्ठ नागरिकको सुविधा दिन मिल्दैन भन्छन्, केहो मैले बुझ्न सकिन भनेपछि ति व्यक्तिले तुरुन्त गएर टिकट मिलाए।
टिकटमा २५० लेखेर मनकामना भन्दा परको गन्तव्यस्थान आंबु खैरेनी लेखेको रहेछ र ५० छुट देखाईएको रहेछ । म मनकामना दर्शन प्रालि सम्म जाने व्यक्ति भन्ने जान्दा जान्दै आंबु खैरेनी सम्मको दुरी उल्लेख गर्नु भनेको झेली गर्नु नै हो भन्ने कुरा जो कसैले सजिलै बुझ्न सक्ने कुरो नै हो । यसो गर्नुको अर्थ जेष्ठ नागरिकलाई घुमाउरो तरीकाले ठगी गर्नु नै प्रष्ट देखिन्छ।
तर, जहाँ पनि यस्तै ठगीको धन्दा हुन्छ भन्न पनि खोजिएको होईन । जब म मनकामनाको टिकटको लाईनमा थिए, जेष्ठ नागरिकको सुविधाबारे त्यस बखत मैले सोधे। उनले कार्ड मागे मैले दिए। सुविधा कटाएर रु. ४५० मात्रको टिकट दिए। भन्न खोजिएको कुरा व्यवस्थित व्यवस्थापन गरे देखि हुँदोरहेछ त । किन हामीले यातायात व्यवस्थापनमा सुधार गर्न सकेनौ। ईच्छा शक्ति भए नसकिने कुरै थिएन।
यातायातमा देखिएको ठगीको विषयमा जनताबाट ठूलै आवाज आएपनि सरकारबाट सुधार हुनसकेको छै । सिण्डीकेट हटेको हौवा पिटिए पनि अवस्था उहिनै छ। केही परिवर्तन आएको जनताले महसुस गर्न सकेका छैनन् । यात्रु कोच्ने, बढी भाडा लिने, यात्रुलाई दुव्र्यवहार गर्ने, नराम्रो बोलीबोल्ने र गालीगलौच गर्ने, यात्रुको भिड नभएसम्म गाडी नचलाउने जस्ता कुरा हट्न सकेका छैनन्। सरकारले आफैले लागुगरेको कामको किन अनुगमन गर्दैन, प्रश्न अनुत्तरीतनै छ।
हिजो मात्र मेलम्चिको पानीको बिषयमा कुरा चलिरहेको अवस्थामा एउटा मित्रले कुरा उठाउनुभयो। मैले पहिले धारा जोडेको थिए, पानी केही समय अलि अलि आएको थियो। तर पछि पानी नआएपछि धारा बन्द गर्न सम्बन्धित निकायमा गए। उनीहरुको उल्टो जवाफ मिल्यो अब फेरी बन्द गर्न पनि डिपोजिट राख्नु पर्दछ। कस्तो अचम्मको ब्यबस्था पानी नआउँदा÷नदिँदा पनि पानीको महशूल तिरीनै रहनुपर्ने र धारा बन्द गरी देउ भन्दा पनि फेरि डिपोजिट गर्नु पर्ने । पानीको न्यूनतम महशूल तिरेर पनि नहुने। यो कस्तो सेवा? धारामा पानी नआउंदा पनि पानीको महशुल जरीवाना सहित तिरीनै रहनु पर्ने? यो प्रथामा कहिले सुधार आउला? हाम्रो यो ब्यबस्थालाई कहिं नभएको जात्रा हाडी गाउंमा भनेर किन नभन्ने?
शिक्षा, स्वास्थ्य, बाटोघाटो, पुलपुलेसाको विषयमात हामी सबैनै परिचितनै छौ। कुनै विद्यालय वा कलेजमा भर्ना गराउन पर्यो भने शुरुमा ठिकै किसिमको शुल्क बताउने, पछि गएर नानाथरीका शुल्क लगाउने। यस्तो अवस्थामा अभिवावकले नत आफ्नो बच्चालाई अन्यत्र सार्न उपयुक्त हुन्छ, नत आर्थिक रुपले त्यहां पढाउननै उ सक्षम हुन्छ ।
यसरी अभिभावकलाई कहिल्यै पनि उम्कन नसक्ने जालमा पारीरहेका छन्। सरकारले ७ किसिमका शुल्क लगाउन पाउने भनेको छ तर विद्यालयहरुले १४ किसिमका शुल्क उठाउने गरेका छन्। कहित १४ भन्दा पनि बढी । अब हामी आफैं भनौ यो सिधै ठगी होकि होईन? खै अनुगमन?
स्वास्थ्य उपचारको विषयमात के कुरा गर्ने। सामान्य मानिसले उपचारै गर्न सकिने अवस्था छैन। उच्च पदस्थ र धनीमानी बर्गलाई बिदेश गएर उपचार गर्न सहज हुने भैहाल्यो। सर्बसाधारणले अस्पतालको बिल भुक्तानी गर्न नसकेर आत्महत्या गर्नु परेको खबर हामी सबैलाई नै अवगत भएकै हो। एक जना सन्चार माध्यममा काम गर्नु हुने मित्रले त यस्तो सम्म जानकारी दिनु भयो कि मृत्यु भैसकेको बिरामीलाई मृत्यक घोषणा नगरी राखिरहेको कुरा।
कारण एक मात्र थियो क्याबिन को भाडा असुल्नको लागि। सडकमा ऐया र आच्छु भन्दै छटपटाई रहेका किड्नी लगायत अन्य बिरामीलाई टपक्क टिपेर सरकारले औषधि गर्न किन सक्दैन? जनउत्तरदायी सरकारले यस किसिमका बेथितिको समाधान गर्नै पर्ने हुन आउँछ।
अन्त्यमा,
माथिका विभिन्न प्रकरणमा पहिलेको समाज, पात्र र प्रवृत्तिको बिषयमा र अहिलेको समाज, पात्र र प्रवृत्तिको बिषयमा केही उल्लेख गरियो। लामो समय पश्चात पनि हामी र हाम्रो समाजमा उल्लेखनीय सुधार आउन सकेको पाईदैन। माहाप्रसाद जस्ता पात्र अहिले पनि छदैछन् ।सरकारले आफै नीयम बनाउंछ, लागु गर्न सक्दैन। कार्यान्वयन गरेपनि त्यसको अनुगमन गर्न सकेको छैन। दिन दिनै बेथितिको चाङ् बढ्दै गई रहेको छ।
अनुगमनको कार्य सिथिल भई रहेको छ। जनता महंगीको मारमा परिनै रहेका छन्। अतः समाजमा असारमा च्याउ उम्रेजस्ता बेथितिहरुलाई समयमानै सरकारले समाधान गर्नु नै आजको आवश्यकता हो ।
माथि उल्लेख गरीएको पहिलेको हाम्रो समाज र अहिलेको समाजमा खासै परिवर्तन भएको देखिदैन। टाठाबाठा ठूला भनाउँदाहरुले सोझासाझा मानिसहरुलाई शोषण गरेकैछन्। यस्ता पात्र र प्रवृत्तिले गर्दा धनी र गरीबको खाडल झन् फराकिलो हुंदै गएको छ। यसतर्फ सरकारले आफ्नो ध्यान केन्दीतगरि सुधारका कार्य गर्नुपर्ने नै हुनआउँछ।