सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट झण्डै ४ लाखको भन्सार छलीका सामान बरामद

२०८१ मंसिर ५, १२:३७ खबर संवाददाता

धनगढीः कैलालीबाट झण्डै ४ लाखको भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाका विभिन्न स्थान धनगढी–३ ट्राफिक चौहारा, धनगढी–७ मोतीचोक, धनगढी–१८ नक्लीपुर, भजनी नगरपालिका–८ कालिका स्कुल नजिक र टीकापुर नगरपालिका–९ बालुवाटारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी ३ लाख ९७ हजार २७० मूल्यको अवैध सामान बरामद गरिएको हो।

भन्सार छली गरी ल्याएको चिनी, मसला, पास्ता, बिडी, सुटपिस, प्लाष्टिक डोरी, झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले मंगलवार बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस