सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यान्सरपीडित महिलाले गरिन् सहयोगको याचना

२०८१ मंसिर ५, १०:४१ रासस

कञ्चनपुरः स्तनक्यान्सरबाट पीडित कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटाका ५३ वर्षीया नन्दादेवी खत्री उपचार खर्चको अभावमा रोग पालेर बस्न बाध्य भएकी छन्।

उनले दाताहरूसँग सहयोगको याचना गरेकी छन्। ‘जाथजेथा बेचेर आएको ३० लाख उपचारमा खर्च भैसक्यो, रोग निको भएको छैन’, थप खर्च नहुँदा पीडा सहनुको विकल्प नरहेको दुखेसो उनले गरिन। ‘एकसय बाख्रा थिए, ६ लाखमा बेच्यौँ, तर क्रेताले पूरा रकम दिएनन्’, ‘बाख्राको पैसा असुलीका लागि अदालतसम्म पुग्यौँ, न्याय पाएनौँ’, पीडित खत्रीका देवर गगनले भने।

एकपटकको उपचारमा ३० देखि ४० हजारसम्म खर्च हुने गरेको तथा त्यति रकम जुटाउन नसक्दा बिरामीलाई घरमा नै राख्नुपरेको बताउँदै उनले भाउजूको उपचारका लागि आफू चन्दा सङ्कलनमा जुटे पनि उपचार खर्च अपुग भएकाले दातासँग उनले सहयोगको याचना गरेका छन्।

कमेन्ट लोड गर्नुस