सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्किङ गरेर राखेको बसको छतमा सडेको अवस्थामा एक जनाको शव फेला

। फोटो स्रोत ।
२०७६ साउन १७, ०५:३०

बुटवलको नयाँ बसपार्कमा बसको छतमा शव फेला परेको छ। पार्किङ गरेर राखेको लु १६१३७ नंम्बरको बसको छतमा गुल्मी चन्द्रकोटका ३५ वर्षीय दीपक थापाको आंशिक सडेको अवस्थामा शव फेला परेकोे प्रहरीले जनाएको छ।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा र्पुयाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए। उनका अनुसार मृतक थापा बसपार्कमा यात्रुहरुलाई बोलाएर बसमा चढाउन सघाउने काम गर्दै आएका व्यक्ति थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस