सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसले अमेरिकी मिडियामाथि प्रतिबन्ध लगाउने

२०८१ भदौ २१, ०५:४९ खबर संवाददाता

एजेन्सीः क्रेमलिनले शुक्रवार रुसी लगानीमा रहेको समाचार नेटवर्क आरटीमाथि वासिङ्टनको प्रतिबन्धको जवाफमा रुसले अमेरिकी मिडिया आउटलेटहरूमा घरेलु प्रतिबन्ध लगाउने भएको छ।

मुलुकको आसन्न राष्ट्रपति चुनावलाई प्रभावित पार्ने लक्ष्यका साथ मस्कोले दुर्भावनापूर्ण अभियान चलाएको आरोप लगाउँदै संयुक्त राज्य अमेरिकाले बुधवार आरटीका दुई कर्मचारीलाई दोषी ठहर गरेको थियो।

“समरूप प्रतिक्रिया सम्भव छैन, अमेरिकामा कुनै सरकारी समाचार एजेन्सी छैन र अमेरिकामा कुनै सरकारी टेलिभिजन छैन”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले आरआइए नोभोस्ती समाचार एजेन्सीसँग भने, “तर पक्कै पनि त्यहाँ उपायहरू हुनेछन्, जसले उनीहरूको मिडियालाई उनीहरूको जानकारी प्रसारण गर्न प्रतिबन्धित गर्नेछ।”

रुसको कडा पकडको दुर्लभ स्वीकारोक्तिमा पेसकोभले युक्रेनमाथि आक्रमणका क्रममा मस्कोको अभूतवपूर्व सेन्सरसिपलाई पनि जायज ठहर गरे। उनले तास समाचार एजेन्सीलाई दिएको भिन्नै टिप्पणीमा भने, “हामी जुन युद्धको अवस्थामा छौँ त्यसमा प्रतिबन्ध जायज छ र सेन्सरसिप पनि जायज छ।” उनले अमेरिकी मिडियाविरुद्ध रुसले कस्तो प्रतिबन्ध लगाउने भन्नेबारेमा बताएनन्।
 

कमेन्ट लोड गर्नुस