सुदूर नेपाललाई विश्वसँग जोड्दै

एन्फा महिला लिगमा पुलिससँग सुदूरपश्चिम ९–० गोलले पराजित 

२०८१ भदौ २१, ०७:१७ खबर संवाददाता

काठमाडौँः एन्फा महिला लिगमा पुलिससँग सुदूरपश्चिम पराजित भएको छ।

निरु थापा र दिपा न्यौपानेको ह्याट्रिकप्रेरित विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा फराकिलो जित हासिल गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको दिनको दोस्रो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ९–० गोलले पराजित गरेको हो।

पहिलो खेलमा एपिएफसँग गोलरहित बराबरी खेलेको पुलिसको यो पहिलो जित हो। यता, सुदूरको भने लगातार दोस्रो हार हो। पहिलो खेलमा बागमतीसँग सुदूरले ५–१ को हार बेहोरेको थियो। पुलिसको जितका लागि पुजा राना, अनुश्का शेर्पा र जिमिकुमारी गुरुङले पनि तीन गोल थपिएन।

जारी लिगमा कुनै पनि टोलीले हासिल गरेको यो ठूलो अन्तरको जित हो। खेलको नौं मिनेटमा निरुको गोलबाट सुरुआत गरेको पुलिसले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा थप ६ गोल थप्न सफल भयो।
 

कमेन्ट लोड गर्नुस