सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपीएलमा आज लिग चरणका अन्तिम दुई खेल

२०८३ कार्तिक २९, ०८:१६ खबर संवाददाता

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन्।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२ः३० बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स तथा बेलुकी ५ बजे हुने खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्सबी प्रतिस्पर्धा हुनेछ।चितवन र काठमान्डु प्लेअफमा प्रवेश गरिसेका छन्। भने, कर्णाली र पोखरा प्रतियोगिताबाट बाहिरिएका छन्। यद्यपि, आजको खेल काठमान्डुका लागि महत्त्वपूर्ण छ। एक बाँकी रहँदा काठमान्डु ८ अंकसहित तालिकामा तेस्रो स्थानमा छ।

उसले आजको खेलको नजिता आफ्नो पक्षमा पार्नसके र रनरेटमा सुधार भए १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सलाई जितेर अन्तिम दुईमा रहँदै पहिलो प्लेअफ खेल पाउनेछ। र, उक्त खेलमा पराजित भए पनि फाइनल पुग्न दोस्रो मौका पाउनेछ। यता, चितवनको लक्ष्य आजको खेलमा जित हात पारेर अंक तालिकामा स्थान सुधार गर्नेछ।

कमेन्ट लोड गर्नुस