सुदूर नेपाललाई विश्वसँग जोड्दै

बागलुङ बाढीले बगाएर ३ जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०८१ भदौ २१, १२:०० खबर संवाददाता

काठमाडौंः बागलुङको बान्द्रे खोला बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ।

खोलाले बगाएर बेपत्ता भएका २०  वर्षीय कमल सापकोटाको शव फेला परेसँगै बाढीमा परेर मृत्यु हुनेको संख्या ३ पुगेको हो। बागलुङ नगरपालिका–४ बान्द्रे अढाइथरका सापकोटाको शव घटनास्थलभन्दा ५ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले बताए।

बिहीबार राति कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटरमा चढेर बान्द्रे खोला तर्ने क्रममा उनीहरु बगेका थिए। मोटरसाइकल र स्कुटर बगाउँदा मुत्यु भएका बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक रेग्मीको शव रातिनै घटनास्थलदेखि दुई सय मिटर तलबाट उद्दार गरी धौलागिरि अस्पतालमा लगिएको प्रहरी निरीक्षक प्रताप पौडेलले बताए। तीनै जनाको शव पोस्टमार्टमका लागि धौलागिरि अस्पताल लगिएको छ।

कमेन्ट लोड गर्नुस