सुदूर नेपाललाई विश्वसँग जोड्दै

भासुमा जिप र हाइस एक आपसमा ठोक्किँदा दुर्घटना

२०८१ भदौ २१, ०५:२४ खबर संवाददाता

धनगढीः भासुमा जिप र हाइस एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

कैलालीको चुरे गाउँपालिका–३ भासु भिर  नजिकै जोरायलबाट धनगढी तर्फ आउँदै गरेको कृष्णपुर नगरपालिका–९ का सुप्रिम रानाले चलाएको म १ च ४०७ नम्बरको जिप र धनगढीबाट डडेल्धुरा तर्फ जादै गरेको डडेल्धुराको गन्यापधुरा–१ का दशरथ भट्टले चलाएको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००३४ नम्बरको विद्युतिय हाईस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परेर हाइसमा सवार कैलालीको चुरे गाउँपालिका–१ का २१ वर्षीय राकेश बिक घाइते भएका छन्। उनको  टाउँको र घुडामा चोट लागेको छ। घाइते बिकको पद्मा अस्पताल अत्तरीयामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हाइस र जीपमा सवार अन्य यात्रुहरू सकुसल रहेका छन्। यात्रुहरलाई अर्को गाढीमा पठाइएको छ। दुबै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस