सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको केदारनाथ नजिकै पहिरोमा परी चार नेपालीको मृत्यु

२०८१ भदौ ७, ०२:२१ खबर संवाददाता

भारत उत्तराखण्डको केदारनाथ नजिकै फाँटा भन्ने स्थानमा पहिरोमा परी ४ जना नेपालीको मृत्यु भएको छ।

बिहीबार राति घरभित्रै सुतिरहेका बेला आएको पहिरोमा परी नेपाली कामदारको मृत्यु भएको रुद्रप्रयाग प्रहरीले जनाएको छ। रुद्रप्रयाग प्रहरीले पहिरोमा परी ४ जनाको मृत्यु भएको पुष्टि गरेको छ। मृत्य हुनेमा तुलबहादुर, पुरन, कृष्ण परीयार र दिपक बोहरा भएको प्रहरीले जनाएको छ।

उनीहरुको पुर्ण विवरण भने अझै खुलिसकेको छैन। पहिरोमा पुरिएका चारैजनाको शव निकालिएको छ। उनीहरुको शव रुद्रप्रयाग अस्पतालमा पुगाइएको छ। दिल्ली स्थित नेपाली दुतावासका काउन्सिलर उमा चर्तुवेदीका अनुसार बद्रीनाथनबाट केदारनाथ जाने बाटोमा फाँटा भन्ने स्थानमा उक्त घटना भएको हो।

घटनास्थल केदारनाथबाट १६ किलोमिटर टाढा र बद्रीनाथबाट ८० किलोमिटरको दुरीमा पर्छ। मजदुरी गर्नेहरुले सडक किनारमै छाप्रो बनाएर बसेका थिए। पहिरोले छाप्रोसहित बगाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा मृतक चारै जना चितवनको भएको जानकारी प्राप्त भएको छ।

कमेन्ट लोड गर्नुस