सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकै विद्यालयका १० जनाले ल्याए ४ जीपीए

२०८१ असार १३, ०५:३१ खबर संवाददाता

पोखराको मासबारमा रहेको निजी विद्यालय मदरल्यान्ड माविबाट २०८० मा एसईई दिएका १० विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन्।

४ जीपीए ल्याउने विद्यार्थीमा आशिष बस्ताकोटी, अविस वाग्ले, अपेक्षा ढुंगाना, इक्विटी पौडेल, कनक अधिकारी, कृपा बराल, कृपा गुरुङ, रेडियस पोखरेल, समीक्षा पहारी र युनिका ढकाल रहेका छन्। बिहीवार प्रकाशित नतिजामा नेपालभरबाट १ सय ८६ जनाले ४ जीपीए ल्याएका हुन्।एकै विद्यालयका १० ले ल्याए ४ जीपीए

मदरल्यान्डको यो नतिजा सम्भवतः नेपालकै सर्वोत्कृष्ट रहेको प्राचार्य नारायण बरालले बताए। उनले एकसाथ यति धेरै विद्यार्थीले ४ जीपीए ल्याएको भन्दै खुसी व्यक्त गरे। यसअघि २०७५ को एसईईमा मदरल्यान्डका ७ विद्यार्थीले ४ जीपीए ल्याउँदा देशभरमै धेरै विद्यार्थीले जीपीए ल्याएको विद्यालय बनेको थियो।

विद्यालयका अनुसार यसपल्ट १ सय ४६ विद्यार्थीले परीक्षा दिएकोमा १ सय २८ ले ३.६० देखि ४.०० जीपीए र १८ जनाले ३.२० देखि ३.६० जीपीएसहित उत्तीर्ण हुन सफल भए।

कमेन्ट लोड गर्नुस