सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको नयाँ दिल्लीमा भारी वर्षाका कारण ११ जनाको मृत्यु

२०८१ असार १६, ०७:०५ खबर संवाददाता

एजेन्सीः  भारतको राजधानी नयाँ दिल्लीमा अचानक भएको भारी वर्षाका कारण मर्नेको सङ्ख्या ११ जना पुगेको छ।

यीमध्ये ४ जनाको मृत्यु जलमग्न अन्डरपासमा डुबेर भएको भन्दै टाइम्स अफ इन्डियाले समाचार छापेको छ। वर्षाका कारण राजधानीमा कयौं उडान स्थगित भएका छन्। यो महिनाको सुरुमा दिल्ली अहिलेसम्मकै डरलाग्दो लूको चपेटामा परेको थियो। तर जुन २८ मा इतिहासकै सबैभन्दा धेरै वर्षा भयो।

एकै दिनमा दिल्लीमा महिनाभरिको औसत वर्ष भयो। मुसलधारे वर्षाका कारण दिल्लीको मुख्य विमानस्थलको छत खस्दा एक जनाको मृत्यु नै भयो। उडानहरू प्रभावित भए। अन्डरपास डुबानमा परेका थिए भने सडकमा भयानक ट्राफिक जाम, बिजुली र पानीको आपूर्ति प्रभावित जस्ता समस्या पनि भए। अघिल्लो २४ घण्टाभित्र दिल्लीको मुख्य विमानस्थलबाट हुने झन्डै ६० ओटा उडान रद्द भएका छन्।
 

कमेन्ट लोड गर्नुस