सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी– २० क्रिकेटबाट भारतका तीन खेलाडीले लिए सन्यास

२०८१ असार १६, ०७:५५ खबर संवाददाता

एजेन्सीः  भारतीय स्टार अलराउन्डर रविन्द्र जडेजाले पनि टी– २० क्रिकेटबाट सन्यास लिएका छन्।

शनिवार राति फाइनलमा दक्षिण अफ्रिकामाथि ७ रनको रोमाञ्चक जित दर्ता गर्दै भारतले १७ वर्षपछि टी– २० विश्वकपको उपाधि चुमेको होे।

विश्वकप उपाधि उचालेसँगै जडेजाले सन्यास लिएका हुन्। उनीसहित सन्यास लिने तीन जना खेलाडी पुगेका छन्। यसअघि कप्तान रोहित शर्मा र विराट कोहलीले पनि टी(२० फम्र्याटबाट सन्यास लिइसकेका छन्।
 

कमेन्ट लोड गर्नुस