सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज संसद् दिवसः संसद्लाई सत्ताको जोडघटाउ गर्ने ठाउँ मात्रै बनाउन नहुनेमा जोड

२०८१ असार १६, ०९:२०

काठमाण्डौः आज संसद् दिवस अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसदको बैठक बसेको दिन।

प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा भएको पहिलो आमचुनावबाट गठित संसदको पहिलो बैठक २०१६ साल असार १६ गते बसेको दिनलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो।
संसद् स्थापनाको स्मरण गरी आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले कार्यक्रमको आयोजना गरेका छन्।

पहिलो संसदले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो। बलियो संसद् लोकतन्त्रको आधारशीला भएको हुँदा संसदलाई लोकतन्त्रको मन्दिरका रूपमा लिनुपर्ने राजनीतिक विश्लेषकले बताएका छन्। त्यस्तै संसदलाई सत्ताको जोडघटाउ गर्ने ठाउँ मात्रै बनाउन नहुनेमा उनीहरुको जोड छ। 

यसैबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदलाई सत्ताको जोडघटाउभन्दा माथि राखेर नागरिकको आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा संसदलाई विकास गर्नुपर्नेमा जोड दिएका छन्।     

कमेन्ट लोड गर्नुस