सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ३ दिनदेखि बेपत्ता बालकको हत्या, जंगलमा शव भेटियो

२०८३ असार १२, ०६:४१ खबर संवाददाता

धनगढीः धनगढीमा तीन दिनदेखि बेपत्ता बालक हत्या गरेको अवस्थामा फेला परेका छन्।  बुधबार साँझदेखि बेपत्ता धनगढी उपमहानगरपालिका–१७ को उत्तरखैरेनी मुक्त कमैया शिविरका निमेश चौधरी र राधा चौधरीका १० वर्षीय तनुज चौधरी हत्या गरेको अवस्थामा शुक्रबार स्थानीय जंगलमा मृत भेटिएका हुन्। 

जिल्ला प्रहरी कार्यालयकाअनुसार चौधरी प्रहरी र स्थानीयले खोज्न क्रममा जंगलमा मृत भेटिएका हुन्। उनले चढ्दै आएको साइकल समेत शव नजिकै फेला परेको छ । उनको शव भेटिएको स्थानमा रगत लत्तपतिएका ढुंगा पनि भेटिएका छन्। बालकको शव आधा सडेको अवस्थामा रहेको छ। 

प्रहरीले बालक मृत भेटिएको घटनाको अनुुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थल सिल गरेर घटनास्थल कार्य गरिरहेको छ । मृतक चौधरी उर्मा बोर्डिङ स्कुलमा दुई कक्षामा अध्ययन गदर्थे।
 

कमेन्ट लोड गर्नुस