सुदूर नेपाललाई विश्वसँग जोड्दै

इरानमा राष्ट्रपतिका निम्ति जुलाई ५ मा पुनः मतदान हुने

२०८१ असार १६, ०६:३६ खबर संवाददाता

एजेन्सीः इरानमा राष्ट्रपति पदका निम्ति आउँदो जुलाई ५ मा फेरि मतदान गरिने भएको छ।

एक महिनाअघि हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको थियो। त्यसपछि खाली भएको राष्ट्रपति पदका निम्ति गएको शुक्रवार गरिएको निर्वाचनमा कसैले पनि बहुमत ल्याउन सकेनन्। सोही कारण पुनः अर्को चरणमा मतदान गर्न लागिएको हो।

सबैभन्दा बढी मत ल्याउने दुई प्रतिस्पर्धीबीच पुनः प्रतिस्पर्धा हुनेछ। इरानमा कुनै उमेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए दोस्रो चरणको निर्वाचन गरिने व्यवस्था छ। आउँदो शुक्रवारको मतदानमा सुधारवादी मानिने नेता मसूद पेजेश्कियान र कट्टरवादी सइद जलिलीबीच प्रतिस्पर्धा हुनेछ।

कुल २४.५ मिलियन मतमा पेजेश्कियानले १०.४१ मिलियन र जलिलीले ९.४७ मिलियन मत पाएका थिए। करिब ४० प्रतिशत मात्र मतदान भएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस