सुदूर नेपाललाई विश्वसँग जोड्दै

अबको दुई महिना भित्र एकलाख बढी बेरोजगारले रोजगार पाउने

। फोटो स्रोत ।
२०७६ वैशाख ३१, ०१:०३

एकलाख भन्दा बढी बेरोजगारले अबको दुई महिनाभित्र रोजगारी पाउने भएका छन्। त्यस्का लागि बेरोजगारलाई रोजगारी दिन विभिन्न स्थानीय तहलाई बजेट छुट्याएर पठाइसकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

सरकारले चालु वर्षको बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५ लाखलाई रोजगार दिने भनेकोमा बजेटमा व्यवस्था भएअनुसार बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई यही आर्थिक वर्षभित्र ३० दिन बराबरको रोजगार दिन दिन लागिएको हो। बेरोजगारलाई रोजगारी दिन सरकारले २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बराबरको रकम स्थानीय तहमा सशर्त अनुदानका रूपमा पठाएको छ।

स्थानीय तहले न्यूनतम पाँच लाखदेखि एक करोड रुपैयाँसम्मको अनुदान पाएका छन्। कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि स्वीकृत भएको भन्दै मन्त्रालयले बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहलाई निर्देशन दिएको हो। 

कमेन्ट लोड गर्नुस