प्रहरी पब्लिक ब्याडमिण्टन क्लबकाे अध्यक्षमा पुनः जाेशी निर्वाचित
धनगढीः प्रहरी पब्लिक ब्याडमिण्टन क्लबको अध्यक्षमा दाेस्राे कार्यकालका लागि चेतराज जाेशी निर्विरोध निर्वाचित भएका छन । प्रदेश प्रहरी कार्यालयको हाता भित्र रहेको ब्याडमिण्टन हलमा सम्पन्न दाेस्राे अधिबेशनबाट जाेशिकाे अध्यक्षतामा ११ सदसिय समिति निर्वाचित भएकाे हाे ।
क्लवकाे उपाध्यक्षमा मेम्वर सिंह, सिचवमा शैलेन्द्र श्रेष्ठ र काेषाध्यक्षमा राजेन्द्रबहादुर बम निर्वाचित भएका हुन्। क्लवकाे सदस्यमा रामबहादुर बाेहरा, राेशन सिंह, प्रेम बिष्ट, गणेश शाह, नरेन्द्रबहादुर चन्द, दानबहादुर बडैला, टेकबहादुर साउँद निर्वाचित भएका छन् ।
चेतराज जाेशीकाे अध्यक्षतामा सञ्चालन भएकाे कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख डिआईजी डम्बरबहादुर बिक रहेका थिए । कार्यक्रमकाे सञ्चालन सचिव शैलेन्द्र श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष मेम्बर सिंहले गरेका थिए ।