सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिकता विधेयक राष्ट्रिय सभाबाट पारित

२०८२ भदौ ६, ०५:५८

काठमाडौँ: राष्ट्रिय सभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई सर्वसम्मतिले पारित गरेको छ। राष्ट्रिय सभाको शुक्रबारको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयक सर्वसम्मतिले पारित भएको हो। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए।

आमाको नामबाट नागरिकता प्रदान गर्ने कानुनी व्यवस्था सहज बनाउनका लागि यो विधेयक ल्याइएको थियो।

राष्ट्रिय सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ । त्यसपछि सभामुख देवराज घिमिरेले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनेछन्।

 

कमेन्ट लोड गर्नुस