रुकुम पश्चिम हत्या हत्याकाण्ड : २३ जनालाई जन्मकैद

धनगढीः रुकुम पश्चिम हत्याकाण्डका २३ जनालाई जन्मकैदको सजाय सुनाइएको छ। नवराज विकसहित ६ जनाको हत्या प्रकरणका उनीहरुलाई रुकुम पश्चिम जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो।
न्यायाधीश खड्गबहादुर केसीको इजलासले मङ्गलवार जन्मकैदको सजाय गर्ने फैसला गरेको छ। तीन वर्ष पहिले नवराज विक सहित ६ जनाको हत्या भएको थियो।
अदालतले नवराजकी प्रेमिकाकी बाबु-आमालाई जातीय छुवाछुतको अभियोगमा दुई/दुई वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिबाना गर्ने फैसला गरेको छ।

घटनाका आठ जना आरोपीले भने सफाइ पाएका छन्।