सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको मेलौली नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

२०८२ असार ५, ०८:२० खबर संवाददाता

बैतडीः बैतडीको मेलौली नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ।

बुधवार एक कार्यक्रमको आयोजना गरेर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहनसिंह भाटले बताए। मेलौली नगरपालिकाका ९ओटै वडा पूर्ण खोप सुनिश्चित घोषणापछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो।

नगर क्षेत्रभित्र रहेका जन्मेदेखि १५ महिना सम्मका ३ सय १९ जना र १६ महिनादेखि ५ बर्ष सम्मका ९ सय ५६ जना बालबालिकाहरुले खोप पाएको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नुअघि खोप कार्यकर्ताहरुले घरघरमा पुगेर बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए÷नपाएको एकीन गरेका थिए।

कमेन्ट लोड गर्नुस