सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौमाला खोलाले बगाएका नरबहादुरको शव भेटियो

२०८२ असार ५, १०:२७ खबर संवाददाता

धनगढी : कैलालीको चौमाला खोलाले बगाएका नरबहादुर ताम्राकारको शव फेला परेको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–२ चौमालामा चौमाला खोलाले बगाएर बुधवार साँझ बेपत्ता भएका ६५ वर्षीय नरबहादुरको शव फेला परेको हो।

गौरीगंगा नगरपालिका–१ गोप्काका नर बहादुर ताम्राकारको बिहिवार बिहान ७ बजे धबै नजिकै खोलामा शव फेला परेको प्रहरीले बताएको छ।

उनको शव चौमाला–२, धबै नजिकै खोलामा घोप्टो परेको अवस्थामा फेला परेको हो। शव परीक्षणका लागि धनगढी पठाउने तयारी भैइरहेको बताइएको छ। बुधवार साँझ ५ः१५ बजेतिर पुरानो चौमाला बजारदेखि घर जाँदा खोला तर्ने क्रममा चौमाला खोलाले स्थानीय नर बहादुर ताम्रकारलाई बगाएको थियो।

 

कमेन्ट लोड गर्नुस