सुदूरपश्चिमको तेस्रो जित, कर्णाली ३९ रनले पराजित
धनगढीः नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले तेस्रो जित निकालेको छ। आज भएको खेलमा कर्णाली याक्सलाई ३९ रनले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो।
सुदूरपश्चिमले जारी प्रतियोगितामा पाँच खेल खेलेको छ। जसमा तीनमा जित र दुईमा पराजित भएको छ। १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा सात विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो। कर्णालीका लागि डेभिड मिलरले ५५ बलमा ९३ रनको सानदार पारी खेले पनि जितका लागि पर्याप्त हुन सकेन।