कञ्चनपुरमा कुटपिट र लागूऔषध मुद्दाका दुइ जना फरार दोषी पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा कुटपिट र लागूऔषध मुद्दाका दुइ जना फरार दोषी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कुटपिट मुद्दामा ६ महिना कैद सजाय र ६ हजार जरिवाना तोकिएका कञ्चनपुरको दोधारा चादनी नगरपालिका–१० बस्ने १८ बर्षिय एक किशोर र लागूऔषध मुद्दामा ४ बर्ष ६ महिना ८ दिन कैद सजाय तोकिएका कञ्चनपुरको बेदकोट नगरपालिका–१० लालपुर बस्ने ३० वर्षीय भुवन कुवर रहेका जिल्ला प्रहरी कार्यालय कचनपुरले जनाएको छ।

दुबै जनालाइ बुधवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथ मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।


