ग्याँस जन्य दुर्घटनाबाट सुरक्षित रहन विद्यार्थीलाई प्रशिक्षण

धनगढीः कैलालीमा ग्याँस जन्य दुर्घटनाबाट सुरक्षित रहन विद्यार्थीलाई प्रशिक्षण दिइएको छ।
दिनानुदिन बढ्दै गइरहेको खाना पकाउने एलपी ग्यासको प्रयोग र शोबाट सिर्जित अग्निजन्य दुर्घटना न्यूनीकरण गर्ने प्रयासहरू स्वरूप सैपाल ग्याँस प्राली, गोदावरी नगरपालिका–१ कैलालीले जिल्ला प्रशासन कार्यालय , कैलाली र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हे क्वा सँग सहकार्य गरी ऐश्वर्य विद्या निकेतन विद्यालयमा “ग्याँसजन्य अग्नि दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम“ असार ४ गते सम्पन्न गरेको छ।

विद्यालयका कोर्डिनेटरले भने, “हरेक विद्यार्थीको घरमा ग्याँस सिलिन्डर त छ तर यसको सुरक्षित प्रयोगबारे जानकारी धेरैलाई छैन जसको कारण विभिन्न घटनाहरू घटिरहेका छन्। ग्याँस सिलिन्डर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आजको आवश्यकता हो। ग्यास खरिद गर्नुभन्दा अगाडि के के कुरामा ध्यान दिनुपर्छ ? ग्याँस लिक भयो भने के गर्नुपर्छ? ग्याँस लिकेज हुन नदिन के कस्तो कुरामा ध्यान दिनुपर्छ ? लिकेजको कारण र समाधान साथै कसरी प्रयोग गर्ने ? जस्ता विषयमा प्रभावकारी जानकारी दिए।

सशस्त्र प्रहरी बल नम्बर ३४ गण का असै क्षेतेन्द्र मल्लले लाइफ डेमो सहित आगो नियन्त्रणबारे जानकारी दिए। सैपाल ग्याँस प्रालीका एभियान एयामसी मनोज दाहालले एलपी ग्याँस, सिलिन्डर , ग्यास लिकेज , कारण र सुरक्षाका उपाय को बारेमा उक्त कार्यक्रममा जानकारी दिए।

दाहालले भने “सुदूरपश्चिमको विभिन्न ठाउँमा ग्याँस जन्य दुर्घटना धेरै नै घटिरहेका छन्। यसको कारणलाई नियाल्दा जनचेतनाको कमी प्रमुख देखियो। जनचेतना फैलाउनका निमित्त हालसम्म कुनै ठोस गतिविधि नभएको हुँदा हामीले सामाजिक उत्तरदायित्व बहन गर्दै यो जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने निर्णय ग¥यौ। पहिलो चरणमा हामीले र पन्चोदय माध्यमिक विद्यालयमा विद्यार्थी केन्द्रित गर्दै कार्यक्रम आयोजना गर्नेछौँ।

विद्यार्थीलाई सचेत गराइयो भने परिवार र समाज सचेत हुनेछ भन्ने हाम्रो विश्वास हो। “ असार ५ गते ऐश्वर्या बहुमुखी कलेज र असार ६ गते पञ्चदय मा वि मा यो कार्यक्रम आयोजना हुनेछ।