सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको जुगेडामा पानी तान्ने मोटर चोरी हुन थाल्यो

२०८० मंसिर १५, ०६:१५ खबर संवाददाता

धनगढीः  धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को  “डी“गाउँमा पानी तानने मोटर चोरी हुन थालेको छ।

हिउँद लागेसँगै स्थानीयको घरमा चोरी हुन थालेको हो। बुधवार राति जुगेडा “डी“ गाउँका पाँच जनाको घरबाट पानी तान्ने मोटर चोरी भएको स्थानीय शंकर मिश्रले दिनेशखबरलाई बताए। मिश्रका अनुसार स्थानीय देवराज मिश्र, नरेश ठगुन्ना, धनबहादुर कुँवर, राजेन्द्र शाह र प्रयागराज मिश्रको घरबाट पानी तान्ने मोटर चोरी भएको हो। सोही ठाउँकै भवराज मिश्रको घरबाट चारपाँच दिन अगाडि विद्युतीय रिक्साको ब्याट्रीसमेत चोरी भएको मिश्रले बताएका छन्।

हिउँदमा हरेक वर्ष धनगढीको सीमावर्ती गाउँमा मोटर, साइकल, मोटरसाइकल , अन्नपात र खसी बाख्रा चोरी हुने गरेको छ। भारतको सीमावर्ती क्षेत्रबाट रातिको समयमा नेपालको गाउँमा आएर भारतीय चोरहरूले चोरी गर्ने गरेको स्थानीयको दाबी छ। धनगढीको वडा नम्बर ९, १२ र फूलबारी क्षेत्रको वडा नम्बर १४, १८ र १९ मा सबैभन्दा बढी चोरीका घटना हुने गरेका छन्। चोरी नियन्त्रण गर्न नगरपालिका र स्थानीय प्रशासनको ध्यानाकर्षण नभएको सर्वसाधारणले गुनासो गरेका छन्।
 

कमेन्ट लोड गर्नुस