सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रविधिलाई उत्पादनसँग जोड्नु पर्छ : प्रधानमन्त्री ओली

। फोटो स्रोत ।
२०७६ वैशाख १९, ०५:३८ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजले सूचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताएका छन्। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवशको आज उदघाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएको हो। प्रधानमन्त्री ओलीले नेपालमा केही बर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिने बताउंदै प्रधामन्त्री ओलीले अहिले यो अत्यावश्यक वस्तु भइसकेको बताएका छन। 

उनले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताएका छन्। उनले भने, ‘प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्दछ,’ प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ। त्यसको सदुपयोग गर्नु पर्दछ।’ वर्तमान समयमा प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यमको रुपमा प्रयोग भइरहेको उनले बताए।

उनले भने, ‘सामाजिक सञ्जाल र सूचना प्रविधिलाई गलत रुपमा उपयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै हो,’ ‘त्यसकारण यस्ता प्रवृत्तिलाई निस्तेज पार्दै लैजानु बताए।

प्रविधिको प्रयोग मार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सहज बन्ने उनको भनाइ छ। उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको पनि उपस्थिति रहेको थियो। 

कमेन्ट लोड गर्नुस