कैलालीका चार जनाको घरमा आगलागी हँदा २५ लाखको क्षति

२०८२ जेठ २, ०३:५९
धनगढी : कैलालीका चार जनाको घरमा आगलागी हुँदा २५ लाखको क्षति भएको छ।
जिल्लाको घोडाघोडी नगरपालिका–४ गैँडाखेडाका एकेन्द्र शाही, मदन बुढा, डबल ठगुन्ना र विष्णु पाण्डेको घर तथा गोठहरूमा आगो लागेको हो।

नेपाल प्रहरीले शाहीको घर, बुढाको घर र गोठ, ठगुन्नाको गोठ र पाण्डेको घरमा आगलागीबाट क्षति भएको बताएको छ। शुक्रवार बिहान उनीहरूको घर तथा गोठहरूमा आगो लागेको प्रहरीले बताएको छ। स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

कमेन्ट लोड गर्नुस