सुदूर नेपाललाई विश्वसँग जोड्दै

यात्रुवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना, १५ जना घाइते

२०८२ जेठ २, ०८:२३ रासस

चितवनः पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रुवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। 

लहानबाट काठमाडौँतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए। बसमा ३९ जना सवार थिए। घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस