सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट खैरो हिरोइनसहित डोटीका एक युवक पक्राउ

२०८३ भदौ २५, ०८:०६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट खैरो हिरोइनसहित डोटीका एक युवक पक्राउ परेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुर स्थित लिटिल स्टार स्कुल नजिकबाट गोप्य सूचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन ४२० मिलिग्रामसहित डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडा घर भई हाल कञ्चनपुर भीमदत्त नगरपालिका–६ ऐठपुर कोठा गरि बस्ने २३ वर्षीय रमेश कुञ्जेडा पक्राउ परेका हुन्।

कुञ्जेडालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार साँझ चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस