इलाम २ मा रास्वपाबाट मिलन लिम्बू उम्मेदवार बन्ने
२०८० चैत्र १५, ०५:५६
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ।
बुधवार मात्रै प्राइमरी इलेक्सनका लागि भन्दै सार्वजनिक गरिएका ६ वटा नाममध्ये भर्खरै नेकपा माओवादी केन्द्र छाडेका लिम्बूलाई रास्वपाले उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी आदिवासी जनजाति पत्रकार संघका महासचिवसमेत हुन्।
कमेन्ट लोड गर्नुस