सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

२०८१ वैशाख २७, ०३:२० खबर संवाददाता

धनगढी : नेकपा एमालेबाट बझाङ क्षेत्र नं. (क) को उपनिर्वाचन निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सभामुख भीमबहादुर भण्डारीले बिहिवार उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

वैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएका थिए। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित भएका हुन्।

सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए। २०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली काँग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको थियो। भण्डारीसहित एमालेबाट सुदूरपश्चिममा ११ जना प्रदेश सभा सदस्य भएका छन्।

 

कमेन्ट लोड गर्नुस