सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीले पायो अवार्डसहित एक लाख राशिको प्रकृति संरक्षण पुरस्कार

२०८१ जेठ ७, ०९:४२ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले अवार्डसहित एक लाख धन राशिको प्रकृति संरक्षण पुरस्कार पाएको छ।

विश्व प्रकृति संरक्षण कोष, नेपालले प्रकृति संरक्षणमा उच्च योगदान दिएको भन्दै अवार्डसहित सो पुरस्कार प्रदान गरेको हो।

विश्व प्रकृति संरक्षण कोष नेपालको ३१ औं वार्षिकोत्सवको अवसरमा आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा धनगढी उपमहानगरपालिकालाई प्रकृति संरक्षणमा उच्च योगदान दिएको भन्दै “विश्व प्रकृति संरक्षण अवार्ड–२०२४ प्रदान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथी एवं वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुठीले नगर प्रमुख गोपाल हमाललाई अवार्डसहित पुरस्कृत गरेका हुन्।

कमेन्ट लोड गर्नुस