सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

२०८१ जेठ ७, ०६:०७ खबर संवाददाता

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा पुनः विश्वासको मत लिँदै छन्। सरकारले संसद्लाई विश्वासको मत लिने विषयमा पत्राचार गरिसकेको छ।

साथै नीति तथा कार्यक्रममाथि छलफल पारित गर्नुपर्ने, जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने भएकाले संसद् सुचारु गर्ने सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्षबिच संवाद अघि बढेको हो। कानुनमन्त्री गिरीले आजको प्रतिनिधि सभा बैठक नियमित हुने बताए। 

उनले भने, 'सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलबिच सहकारीको अनियमितता छानबिनका सन्दर्भमा संसदीय समिति गठन गर्ने सहमति भइसकेको छ। त्यसैले सदन नियमित हुन्छ।'

कमेन्ट लोड गर्नुस