सुदूर नेपाललाई विश्वसँग जोड्दै

५ महिनामै फेरियो रविको परिचय

२०७५ मंसिर २६, १२:४५ नवराज पनेरु

नेपाल आइडलको फाइनलमा पुगेका सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी रवि ओड ५ महिना अगाडी पनि धेरै पटक धनगढी, महेन्द्रनगर र काठमाडौँ ओहोरदोहोर गर्दै आएका थिए। तर उनी आएको, गएको कसैलाई जानकारी पनि थिएन भने कसैले जानकारी राख्न चाँसो पनि दिएनन्। सो समयमा रवि ओड पनि सामान्य व्यक्ति नै भएकाले कसैले चाँसो राख्ने पनि कुरा भएन्। तर ५ महिनामै ओडको परिचय फेरिएको छ। नेपाल आइडलले पहिलो पटक धनगढीमा अडिसन गरेपछि ओडलाई छनौट गर्दै फेरी काठमाडौँ सम्मको यात्रा गर्ने मौका मिल्यो। तर सो समयमा पनि रवि काठमाडौँ जाँदा धेरैलाई जानकारी थिएन्। तर पछिल्लो ५ महिनामा भने रविको परिचय नै फेरिएको छ। आइडलको फाईनलमा पुगिसकेपछि रविले आफ्नो सामाजिक सन्जाल फेसवुकमा लेखेका छन्, ‘पाँच महिना अगाडि सम्म काठमाडौ र आफ्नो जन्मथलो सुदूरपश्चिम ओहोरदोहोर गर्दा म एक्लै थिए, मलाई नेपाल आइडलले आफुसँग लगेर ५ महिनासँगै राखिसकेपछि म साँच्चै अर्कै भएछु।’
उनले भने झै नेपाल आइडलका लागिथ काठमाडौँ गएपछि रवि २ पटक आफ्नो जन्मथलो फर्किएका छन्। तर जन्मथलो फर्किदा अहिले उनी एक्लै भने थिएनन्। प्हिलो पटक दशैँका लागि घर फर्किदा धनगढी विमानस्थलमा राती पुगेका रविलाई स्वागतका लागि धनगढी र महेन्द्रनगरबाट ठुलो सङख्यामा समर्थकहरु पुगेका थिए। धनगढी, अत्तरिया लगायतका धेरै स्थानमा उनलाई भव्य स्वागत पनि गरियो। 
दोश्रो पटक अन्तिम पटकका लागि भोटको अपिल सहित सुदूरपश्चिम आउँदा उनको समर्थकहरुको जमाता धेरैले बढ्यो। धनगढी, अत्तरिया लगायतका स्थानमा नगर परिक्रमा भयो भने उनले कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा आयोजित विशेष कार्यक्रममा सहभागिता जनाए। 
‘म एउटा समान्य मान्छे मलाई थाहा नै छैन म कहिलेदेखि संगीतप्रति मोहित भएको हुँ तर मलाई यति चै थाहा छ, म कुरा बुझ्ने हुँदा गीत गाउन सिकिरहेको थिए’ रविले भने मैले मेरो गृह प्रदेश सुदूरपश्चिममा पाइला टेक्दा पहिलो पटक महसुस गरेँ साँच्चै जनताको माया कस्तो हुँदो रहेछ। ५ महिना अगाडी काठमाडौँ छिर्दा एक्लै छिरेका रवि अहिले सुदूरपश्चिम आउँदा भने उनक समर्थकहरुको भिडमा देखिन्छन्। हुन त ५ महिनामै फेरिनका लागि रविले धेरै बर्ष संघर्ष गरेका छन्। उनले सम्झना भएदेखि नै गीत गाउन थाले र गायक बन्नका लागि धेरै मेहनत गरे। तर उनको संघर्षको फल भने पछिल्ला ५ महिनामै दिएको हो। 
रवि नेपाल आइडलको फाइनलमा पुगिसके छन्।  अब एक साताको लागि भोटिङ लाइन खुल्दैछ। रविले अन्तिम पटक भोट दिएर दोश्रो नेपाल आइडल बनाउन पनि सबैमा अपिल गरेका छन्। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस