सुदूर नेपाललाई विश्वसँग जोड्दै

'यो देश म जस्ताका लागि होईन रहेछ, म देश छोडने तयारीमा छु' 

२०८१ वैशाख ७, १२:०६

बाबु देवकोटा, टीकापुर: आफ्नै देशको माटोमा केहि गरौलाभन्ने सोचेर सोह्र बर्षको उमेर देखी नै कामगर्न थाले। होटेलको रिसेप्सन देखिम्यानेजर सम्मको काम गरे यो अनुभव मेरो लागीचार बर्षको अनुभव बन्नपुग्यो।

जिवनका उकालाहरुमा उमेरले २० बर्ष पुगायो, त्यस पश्चात आफ्नै केहि गर्नुपर्छ अर्काको जागिर गर्न धेरै दिन सकिन्न र जागिरबाट खासै प्रगतिहुन्न जस्तो लाग्यो। सानो लगानीचालिस पचासहजारको लगानीमा स्टेस्नरी पसलको सुरुवात गरे,पसल सूरु गरेको र्दुइ वर्षमा बिहे पनि गरे सबै आफ्नै रिन र आफ्नै बलबुतोमा गरे। कतिपयलाई त यादै छ मेरो बिहे,त्यो बेलाको भाईरल बिहे थियो भर्खरै टिकापुर घटना घटेर गर्मागमी माहोल सेलाएको थियो ।

सोहि समयमा अन्तरजातिय बिहे गरेको हुनाले मेरो बिहेको समाचार राष्ट्रिय समाचारको मुख्यशिर्षकमा थियो। बिहे गरेको वर्ष दिनपश्चातपहिलो सन्तानका रुपमा छोरीको जन्मभयो। छोरीको जन्मले काँधमाअझै ठुलो जिम्मेवारीको भारी थपियो। उसो त घरको जेठो सन्तानभनेको घरको जिम्मेवारीको मुख्य खम्बा नै हो, र पनि थप जिम्मेवारी भने सन्तानको जन्म पश्चात भएको अनुभूति भयो । दिनचर्या, दैनिकी काम काजमै बित्दै गयो म पसल सञ्चालक थिए मेरो जिवन संगिनीको क्याम्पसमाप्राध्यापकको जागिर गर्थिन कमाईपनि ठिकै थियो दुवै जनाको मिलाएर ।

सन्तानको हुर्काई पनि ठिकै थियो सन्तानको जन्मपश्चातको पहिलो अनुभूतिले होला सन्तानहरु यसरी नै रुन्छन होलान सताउछन होलान, रिस उटदा चिर्थौछन होलान, आफ्नै टाउको ठोक्छन होलानजस्तो लागि रहन्थ्यो । छोरीको उमेरको वर्ष दिन सम्मपनिहात र खुटटाले हिड्ने बानीको बिकास भयन , लाग्यो ढिलो हिडछन होलान, यस्तै गर्दै गर्दा छोरीले सिधै उभिईन डेड बर्षमा, हिडन सरु गरिनबिस्तारै बिस्तारै । छोरीको तोते बोलीपनि सुन्न नपाएका हामीले आज बोल्लीन भोलीबोल्लीन भन्दैमा करिब तिन वषर््ाको समय बिताउन पुग्यौ।

यो दौडानमा समाजका बिभिन्नमानिसका कुराहरु सुनिय सबैलो आआफ्नो कुरा राखे, कसैले कुलपुजा नभयर नबोलेकिहो भने, कसैले कतै मन्दिरमा लगेर बोका  काटेपछि बोल्छन भन्ने, कसैले कोहि बच्चा ढिलो बोल्छन भनेर पनि आश्वासनदिदै गरे । हामी अलि तथ्यमा बिश्वास गर्ने भएकाले अन्धबिश्वासका कुनै कुरामा बिश्वासको बाटो खोजेनम । बच्चा घरमा खेल्दै थियो, हामीलाई लागिरहेको थियो बच्चाको स्याँहार सुसार गर्न दुईजनाको परिवार मात्रै साथमा भएकोले, दुवै जना व्यस्त भएकाले सकेनम त्यसैले होला हुकार्ईमा अलि ढिलो हुनुको कारण जस्तो लागिरहन्थ्यो।

एकदिन घरमा सालाजीनाता पर्ने हाल अमेरिकामा बसोबास गर्ने डा प्रदिप चौधरी आउनु भयो, सबै समस्या उनलाई पहिला नै सुनाई सकेका थियौ फोनमा । उहाँले बच्चाको अवस्था हेरेर तपाईहरुको बच्चालाई अटिजम छ भन्नु भयो । नामै नसुनेको शब्द पहिलो पटक सुन्दासामान्यलाग्यो अचम्म लागेन, र पनि के रहेछ त यो समस्याभनेर अर्कोदिनबिहानै नेपालगन्ज डा बेल्बासेको प्राईभेट किल्नीकमागयौ, उहाँले सामान्य कुरा गर्नु भयो खासै अपेक्षा गरेजस्तो रिजिल्ट पायनौ बरु उहाँले एउटा लेडिज साईकेट्रिकको सम्पर्कमा हामीलाई पठाउनु भयो ।

साईकेट्रिकलाई भेटयौ कुराकानी गर्यौ, बच्चाको जन्मदेखी, हाम्रो बिहे, पारिवारिक ईतिहासदेखि तत्कालिन समयसम्मका कुरा सबै सुनायौ उहाँले पनि समाधानको बाटो यस्तो हुन्छ, यसरी जानुस भनेर समेत जानकारी गराईदिनु भएन । दिक्कलागेर फकियौ, आफनो पसलमै बसेर बुढाबुढिले ईन्टरनेटको सहायता लियौ अटिजम भनेको केहो यसका लक्षण लगायत आवत कुरामा अध्ययन गर्न सरु गर्यौ ।

हाम्रो बच्चाले गर्ने हरेक व्याभारात्मक कुराहरु जस्तै दुरुस्तै पायौ ईन्टरनेटमा, हो रैछ अटिजम नै रैछ हाम्रो बच्चालाई भन्ने भयो, तनाब सुरु हुनथाल्यो, अब अटिजम त छ तर कुन अबस्थाको छ भनेर पहिचानगर्न पनि राजधानी केन्द्रितहुनु पर्ने भयो । सुदुर तथा मध्यपश्चिमका कुनै अस्पतालले आ क्यू सहितको अटिजमको पहिचान गर्न आवश्यक डाक्टर र प्रयोगात्मक कुराहरु हामीसंग उपलब्ध छैन भन्ने सुनाउदा राजधानीको योजना बनायौ, यतिगर्दा सम्मसाढे तिन वर्षको भैसकेकि थिईन छोरी ।

ठ्याक्कै यहि समयमै पहिलो पटकको कोरोनाको लकडाउनको समय आयो, आर्थिक रुपले पनि तहसनहस बनायो आम्दानीका सबै स्रोतमा ताला लाग्यो, कोरोनाको डरले हामीले बच्चालाई सकेको पुरै समय घरमै दियौ, यहि दिनचर्यामै वर्षदिन बित्यो, खासै ईम्पुरुभमेन्ट देखेनौ । कोरोनाको माहोल साम्य हुदै गयो पैसाको अलिकती बजारमा चलायमान सरुहुनलाग्यो मैले आफ्नो बच्चा र मेडमलाई काडमाण्डौ पठाए । 

कान्तीबाल अस्पतालमा बच्चाको पहिचानगर्दा बच्चाको अटिजमको लेभर सिभियर रहेछ यो भनेको सिकाईको लागि जटिलता भएको अवस्था रहेछ हर सिकाईमा चुनौती रहेछ ग्राहो रहेछ यो अवस्था। 
डाक्टरको कुराकानी र सल्लाहले मुटुले ठाँउ छोडदियो, जिवनभर सन्चो नहुने समस्या भनेपछि कस्को मुटुले ठाँउ छोडदैन होला । अव स्विकार्ने बाहेक अरु उपाए केहि छैन भन्ने लाग्यो, बुझ्यौ सरकारको तर्फबाट कतै कहिँ रहेनछ उपचार पद्धतिमा सहजिकरण डाक्टरको सल्लाहअनुसार अपाङ्गता कार्ड बनायौ ।

पालिकाले दिने सेवाभनेको सामान्य भत्ताहो, जो एक महिनाको भत्ताले एक दिनको थेरापीको पैसा तिर्न पुग्दैन, स्पेसल बच्चालाई स्याहार सुसार गर्ने चुनौति त जो कोहि अभिभावकले महसुुस सम्मगर्न सक्दैनन । बुभ्mदै गयौ प्राईभेट क्षेत्रमा उपचार गर्ने पद्धति थथेरापीको माध्ययमबाट सामान्य उनिहरुको जिवन सहजर्पा सहयोग गर्ने रहेछ ।यो पनि आधाघन्टा थेरापी गराएको आठ सय हजार तिर्नु पर्ने रहेछ । त्यो पनिकति र कुनकुन थेरापीदिने भन्ने कुराले निर्धारण गर्छ, मेरो बच्चाको हकमा  सबैखाले थेरापी उस्लाइ जरुरत देखियो ।

महिनाको करिब खान बस्न र उपचारगर्न  मिलायर जम्माजम्मी साठी हजार आसपास पैशाचाहिने भयो, एउटा स्पेशल स्कुलमा भर्ना गरेको थिए, सुरुवाती भर्ना फिस नै तिस हजार तिर्दा तरुक्क आशु नझरेका होइनन। र पनि स्कुलमा राख्ने प्रण गर्यौ, स्कुलको महिनाको नियमित फिस र भाडाखान बस्नमा महिनामा लाखौ रुपैयाको आसपास खर्च हुनलाग्यो । काठमाण्डौको बसाई छ महिनामै उपचार गर्न स्वदेशमा सक्दैनौ जस्तो भान हुनथाल्यो ।

ईन्टरनेटको माधययाम बाट सबैकुरा बुझन सजिलो छ,  बैदिेशिक देशहरुको नितिनियम र सिस्टम हेर्न बुझ्न थाल्यौ, हाम्रो जस्तो स्पेशल अवस्थाका बच्चालाई बिदेशमा राम्रो रहेछ सोसियल सेकुरिटिज, उपचार पद्धतिमा पुरै राज्यको पहुँचमा हुनेगरेर, पालनपोषणका लागि भत्ताको त्यस्तै प्रावधान रहेछ । आफनो देशमै केहि गरौलाभन्ने सोच भएको मलाई राज्यले गर्ने व्यवहारले, देश भित्रको अनुचित सिस्टमले राम्रै कमाई हुँदाहुँदै पनि बिदेश गयर अबको बाँकी जिवन सदाका लागि उतै कतै बिताउ भैरहेको छ ।
 

कमेन्ट लोड गर्नुस