धनगढीका दिपक मिस्टर र मिस नेशनल नेपाल २०२४ को फाइनलमा

धनगढीः मिस्टर र मिस नेशनल नेपाल २०२४ को उपाधिका लागि प्रतिस्पर्धामा रहेका दीपक जोशी कान्छाले भोटका लागि अपिल गरेका छन्।
जोशी हाल उक्त प्रतियोगिताको अन्तिम चरणमा पुगेका छन्। इन्जिनियरिङ विधाको प्रतिनिधित्व गर्दै मिस्टर एण्ड मिस नेशनल २०२४ मा भाग लिएको उनले बताए। उनको प्रतियोगी नम्बर २ हो। भोटिङ सुरु भइसकेको छ, त्यसैले सुरक्षित गर्नमा भोटका लागि अनुरोध गरेका छन्।
उनले आफूले जितेको खण्डमा मतदानको कुल संख्या गणना पछि रूखहरू रोप्ने समेत घोषण गरेका छन्। उनलाई खल्ती एपबाट भोट गर्न सकिने छ। जोशी धनगढी उपमहानगरपालिका–८ का हुन्।


