सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा हुरी बतासको संभावना, सतर्कता अपनाउन अनुरोध

२०८१ वैशाख १५, ०९:५३ खबर संवाददाता

धनगढीः आज सुदूरपश्चिममा हुरी बतासको संभावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ।

पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। साथै केही स्थानमा हुरीबतासको सम्भावना छ। आगामी २४ घण्टामा पहाडी भागमा आंशिक बदली हुने छ।

पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

कमेन्ट लोड गर्नुस