सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यान्सर 

२०८० चैत्र २८, ०१:२६

 मान सिंह धामी (भाैनबाटी): क्यान्सर रोगहरूको एक वर्ग हो । याे एक प्रकारकाे नसर्ने राेग हाे । जसमा कोशिकाहरूको एक समूहको अनियन्त्रित वृद्धि (सामान्य सीमा भन्दा अधिक विभाजन), रोग आक्रमण (आस-पासको उतकहरूको विनाश आक्रमण) र कहिलेकाँही मेटास्टेसिस (लसिका या रक्तको माध्यमले शरीरको अन्य भागहरूमा फैलिने) को रूपमा देखिन्छ । 
क्यान्सर राेगका कारण :
१. चुरोट, खैनी, सूर्ति आदिको सेवनले क्यान्सर निम्त्याउँछ । यस्ता पदार्थमा चार हजारभन्दा बढी प्रकारका रासायनिक तत्वहरुमध्ये करिब ४० प्रकारका हानिकारक रासायनिक तत्व हुन्छ, जसले क्यान्सर गराउँछ ।
२. जाँडरक्सीको सेवनले क्यान्सर गराउँछ । खासगरी मुख, अन्ननली, पेट आदिको क्यान्सरमा मद्यपान नै जिम्मेवार रहेको पाइन्छ ।
३. हामीले खानेकुरा सवै स्वस्थ्यकर हुँदैनन् । ति अस्वस्थ्यकर खानेकुरा क्यान्सरको कारण हुन् । बासी, सडेगलेको, ढुसी परेका, तारेको, डढेको आदि खानेकुराले क्यान्सर निम्त्याउँछ । यसले कलेजो, आन्द्रा, आमाशय आदिलाई नष्ट गर्छ ।
४. वातावरणिय प्रदूषण पनि क्यान्सरको कारण बन्छ । जस्तो कि, काठमाडौंको धुलो–धू्रँवाले फोक्सो साथै नाक, कान, घाँटीको क्यान्सर बढाइरहेको छ ।
५. घामको किरण पनि कतिपय अवस्थामा क्यान्सरको कारण बनेको छ । त्यस्तै उपकरणिय विकिरणले क्यान्सरको जोखिमलाई बढाउँछ ।
क्यान्सर यही कारणले हुनछ भनेर ठ्याक्केै भन्न नसकिने चिकित्सकहरुले बताउँछन् । तर केही चिजहरु यस्ता छन्, जसले निश्चित क्यान्सर रोग बढाउनमा मद्दत गर्ने गर्दछन् ।
१. सुर्तीजन्य पदार्थको सेवन
२. खानपिन
३. प्रदूषित वातावरण
४. वंशाणुगत
५. विकिरण
६. व्यायमको कम अभ्यास
७. पाको उमेरसम्म बच्चा नजन्माउदा
८. स्तनपा नगराउने महिलाहरुमा
९. बोसोयुक्त मासु खाँदा
१०. तारेको, पोलेको खाना खाँदा
११. नुन तथा पुराना अचार खाँदा
क्यान्सरका प्रकार :
क्यान्सरका राेगका प्रकार यति नै छन् भनेर यकिनका साथ भन्न सकिदैन । तर पनि केही प्रचलित क्यान्सर रोगहरू निम्नलिखित छन् :
१. पाठेघरको मुखको क्यान्सर
२. स्तन क्यान्सर
३. फोक्सोको क्यान्सर
४. रक्त क्यान्सर
५. बोन म्यारो क्यान्सर
६. घाँटीको क्यान्सर
७. मुखको क्यान्सर
८. कलेजोको क्यान्सर
९. डिम्बासयको क्यान्सर आदि ।
लक्षणहरू :
१. दिसापिसाबमा रगत
        यदि पिसाब वा दिसामा रगत देखियो भने त्यसले मृगौला, पिसाब थैलीमा क्यान्सर हुने लक्षण यसले देखाउँछ । यदि दिसा गर्ने बानीमा परिवर्तन भयो, कठिन भयो, पखला निरन्तर लागिरह्यो भने कोलोन क्यान्सरको लक्षण हुनसक्छ ।
२. अचानक तौल घट्नु
             निरन्तर तौल घट्यो, त्यो पनि बिना कारण । यो राम्रो संकेत होइन । यसले संकेत गर्छ कि, क्यान्सरको लक्षण हुनसक्छ । खासगरी पेटको क्यान्सर ।
३. ज्वरो
           लामो समयसम्म ज्वरो आयो भने त्यसले क्यान्सरको संकेत गर्छ । यसले रक्त क्यान्सरको संकेत गर्छ ।
४. थकान
            कुनै शारीरिक वा मानसिक श्रम विना नै थकान लाग्छ भने त्यसले सामान्य लक्षण देखाउँदैन । खासमा यसले ब्रेन ट्युमर, कोलोन, रेक्टम वा ओभरी क्यान्सरको संकेत गर्छ ।
५.रक्तश्राव
          मासिक धर्मको चक्र अनुसार नियमित रुपमा रक्तश्राव हुन्छ, महिलाको हकमा । तर, त्यस समयबाहेक अचानक रक्तश्राव हुन्छ भने कार्विनल क्यान्सरको संकेत हुनसक्छ ।
६. पिसाबमा समस्या
          उमेर बढ्दै जाँदा प्रोस्टेट ग्ल्यान्ड बढ्छ । यसले गर्दा पटक पटक पिसाब लाग्छ । तर कहिले कहि यसले प्रोस्टेट क्यान्सरको संकेत पनि गर्छ 


राेकथाम तथा नियन्त्रण :
           क्यान्सर लागेपछि समूचित ढंगले उपचार खोजेमा त्यसको निदान हुन्छ । यद्यपी क्यान्सरको लक्षण देखापर्नसाथ उपचार भने खोज्नुपर्छ । क्यान्सर भएर उपचार गर्नुभन्दा क्यान्सरमुक्त जीवन बाँच्नु नै सर्बोत्तम हुन्छ । वास्तवमा क्यान्सर खराब जीवनशैलीले निम्त्याउने रोग हो । यो वंशानुगत रुपमा पनि आउन सक्छ । यद्यपी शरीरलाई क्यान्सर प्रतिरोधी बनाइयो भने, त्यसले केहि गर्न सक्दैन । भनौं, स्वस्थ्य जीवनशैली नै क्यान्सरसँग लड्ने पहिलो आधार हो ।
             अहिले वाह्य वातावरण पनि क्यान्सरको कारण बनेको छ । धुलो, धूँवा, विकिरण, रसायनको प्रयोग, विषाक्त खानेकुराले क्यान्सरको जोखिम बढाइरहेको छ ।
कसरी थाहा पाउने ?
उमेर बढ्दै जाँदा प्रोस्टेट ग्ल्यान्ड बढ्छ । यसले गर्दा पटक पटक पिसाब लाग्छ । तर कहिले कहि यसले प्रोस्टेट क्यान्सरको संकेत पनि गर्छ ।

कसरी बच्ने त ?

क्यान्सरबाट बच्ने एउटै उपाय हो, स्वस्थ्य जीवनशैली । नियमित दिनचर्यामा आफुलाई अभ्यस्त गराउने । स्वस्थ्य र खुसी जीवन बाँच्ने । ताजा र सन्तुलित खानेकुरा सेवन गर्ने । योग, व्यायाम, प्राणायामलाई जीवनशैलीको हिस्सा बनाउने ।
शारीरिक रुपमा सक्रिय रहने । दिनहुँ पसिना बगाउने । युनिभर्सिटी अफ वरमान्टमा भएको अध्ययन अनुसार फिटनेसप्रति सचेत व्यक्तिको तुलनामा अल्छी व्यक्तिमा फोक्सोको क्यान्सर हुने आशंका ६८ प्रतिशत बढी हुन्छ । साथै कोलेरेक्टर क्यान्सर (अन्द्राको क्यान्सर) हुने खतरा ३८ प्रतिशत बढी हुन्छ ।
कार्डियो र रेजिस्टेन्स ट्रेनिङले हर्मोनल लेभल एवं प्रतिरक्षा क्षमता सही राख्छ । यसले गर्दा क्यान्सरको सेल्स विकास हुन पाउँदैन । तेललाई उच्च तापमानमा तताएपछि कार्सिनोजेनिक कम्पाउन्ड नामक हानिकारक केमिकल विकास हुन्छ, जो क्यान्सरको कारण बन्छ । त्यसैले तारेको, भुटेको खानेकुरा नखाने ।

एन्टिअक्सिीडेन्ट गुणहरुबाट भरिपूर्ण खानेकुरा सेवन गर्ने । जस्तो कि, ग्रीन टी । यसले शरीरलाई रोग प्रतिरोधी बनाउन सहयोग गर्छ । यसमा एक किसिमको पोषण तत्व हुन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । त्यसैले क्यान्सर प्रतिरोधी खानेकुरामा ग्रीन टी मूख्य मानिन्छ ।
सुर्यको किरण शरीरका लागि फाइदाजनक हुन्छ, तर, एउटा सिमासम्म मात्र । ओजन तहमा प्वाल हुनाले घामको साथमा हानिकारक अल्ट्राभ्वाइलेट किरणहरु पनि आउँछन् । जो शरीरका लागि हानिकारक हुन्छन् । यी किरणहरुको सम्पर्कमा लामो समय रहँदा छाला (Skin) क्यान्सरको खतरा पैदा हुन्छ ।

मान सिंह धामी (भाैनबाटी)
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी 

कमेन्ट लोड गर्नुस