सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाबाट लागुऔषधसहित एक युवक पक्राउ

२०८१ वैशाख १७, ०६:२५ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियाबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–१ मनहराबाट लागुऔषधसहित २३ वर्षीय सुरज चौधरी आज (सोमबार) पक्राउ परेका हुन्।

धनगढी उपमहानगरपालिका–४ घर भएका चौधरीलाई एक सय २० मिलिग्राम लागुऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस