धनगढीबाट ४० लाखको तस्करीको सामानसहित एक भारतीय नागरिक पक्राउ
धनगढीः कैलालीको धनगढीबाट तस्करीको सामानसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–४ मा रहेको हरिओम हार्डबेयर एण्ड सप्लायर्सका सञ्चालक भारतको लखिमपुर जिल्लाको पलियाकला खिरीका ४४ वर्षीय आशिष गुप्ता पक्राउ परेका छन्। उनी भन्सार छलीका सामानसहित पक्राउ परेका हुन्। उनलाई हिजो (आइतवार) साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो। गुप्ता हाल धनगढी उपमहानगरपालिका–३ बस्दै आएका छन्।
गुप्तालाई उनकै हार्डवेयरको गोदाममा भारतीय युपि ३१ टी ७७११ नम्बरको ट्रकमा सामान लोड गर्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो। ट्रकमा लोड गरिरहेका मिक्चर मेसिन, डिस्क डल सात सेट, कल्टीभेट, पम्पीङ टायर, अटो रीक्साका टायर, फट्टा पाइप गरि ४० लाख चार हजार बराबरको सामान बरामद गरिएको छ। बरामद गरिएको सामानर र ट्रकसहित गुप्तालाई आवश्यक कारबाहीका भन्सार कार्यालय त्रिनगरको जिम्मा लगाएको प्रहरीले बताएको छ।