सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा मतदान सुरु

२०८१ वैशाख १५, ०८:५१ खबर संवाददाता

बझाङः बझाङमा मतदान सुरु भएको छ।

बिहानै सात बजेबाट ७० मतदान केन्द्रमा मतदान सुरु भइसकेको र चारवटाको सुचना प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक भरत शाहले बताए।

गत निर्वाचनमा बझाङ निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत  असार २५ गते सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

उपनिर्वाचनमा प्रमुख दल नेपाली काँग्रेस, एमाले, माओवादी सहित ११ दलका उम्मेदवार चुनावी मैदानमा छन्। निर्वाचन कार्यक्रमअनुसार मतदान  बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।
 

कमेन्ट लोड गर्नुस