सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा तीन लाख बढीको अबैध सामान बरामद

२०८१ वैशाख २६, ०१:५२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुर प्रहरीले तीन लाख बढीको अबैध सामान बरामद गरेको छ।

इकाका प्रहरी कार्यालय बेलौरीले ४० हजार ८ सय मुल्यको अबैध सामान बरामद गरेको हो। इलाका प्रहरी कार्यालय दोधराले ७ हजार, इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले एक लाख १० हजार ७०, वडा प्रहरी कार्यालय महेन्द्रनगरले ६ हजार दुई सय, इलाका प्रहरी कार्यालय गड्डाचौकीले एक लाख एक हजार चार सय, इलाका प्रहरी कार्यालय शंकरपुरले १० हजार, प्रहरी चौकी परासनले २९ हजार ७ सय ४० मुल्यको अबैध सामान नियन्त्रणमा लिएको हो।

त्यस्तै प्रहरी चौकी भुडाले ७ हजार ८८ गरेर तीन लाख तीन हजार दुई सय ९८ मुल्यको अबैध सामान बरामद गरिको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सुर्ती, तेल, चिनी, बिडी, अचार, पेन्ट, ढोकाको पर्दा, किटनाषक औषधी, काजु र हार्डवेयरका सामान बरामद गरेर भन्सार कार्यालय पठाइएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस