सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव तस्करीमा संलग्न कैलालीका एक जना पक्राउ

२०८१ वैशाख २६, ०१:३६ खबर संवाददाता

धनगढीः मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलालीका एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा  जिल्लाको गौरीगंगा नगरपालिका–२ घर भई हाल ललितपुर, महानगरपालिका–७ झम्सिखेल बस्ने ४१ वर्षीय तेजराम चौधरी रहेका छन्।

चौधरीलाइ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलिले सोमबार पक्राउ गरेको हो। चौधरीले अमेरिका पठाइदिन्छु भन्दै ४ जना पिडितबाट १ करोड १८ लाख ५९ हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको खुल्न आएको छ।

साथै चौधरीले वर्किङ भिसामा लगाई श्रमस्वीकृति समेत निकाली फिलिपिन्स पुगाएकोमा त्यहाँको अध्यागमनले पीडितहरूलाई ब्राजिलका नक्कली कागजात भनि फिर्ता पठाएको, पिडितहरू नेपाल फर्केपछि पुनः दिल्ली पुगाइ होटलमा बन्धक बनाएको र पिडितहरूले ३९ लाख रूपैयाँ बुझाएपछि होटलबाट मुक्त भएको समेत खुल्न आएको छ।


 

कमेन्ट लोड गर्नुस