सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीरबाट लडेर दुई जनाको मृत्यु

२०७५ मंसिर २६, १०:१३

सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भीरबाट लडेर मृत्यु हुने क्रम वढ्दै गएको छ । बझाङ र बैतडीमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । बझाङको बुंगल नगरपालिका– ९ सैनोडीकी ५० वर्षीया धौलीदेवी बोहोराको ज्यान गएको हो । गाउँ नजिकैको भिरमा घास काट्न गएको बेला चिप्लिएर उनको ज्यान गएको छोरा प्रकाश वोहोराले जानकारी दिए । 
बैतडीमा १३ वर्षीया बालिकाको भीरबाट लडेर मृत्यु भएको छ । दोगाडाकेदार गाउँपालिका– ६ सित्तड सलेनाकी १३ वर्षीया बालिका देवकी गोयलाको भीरबाट लडेर ज्यान गएको हो । घाँस काट्ने क्रममा भीरबाट खसेकी बालिकाको शव फेला परेको मृतकका दाजु गजबहादुर गोयलाले जानकारी दिए । गाउँमै रहेको पञ्चदेवल आधारभूत विद्यालय रिँठेगाउँमा कक्षा ४ मा अध्ययनरत थिईन् ।

कमेन्ट लोड गर्नुस