सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नै सुरक्षा गार्डलाई हृदयघात हुँदा पनि बचाउन सकेन सेती अस्पतालले

२०७५ मंसिर २२, ०३:१९ नवराज पनेरु

सेती अञ्चल अस्पतालका सुरक्षा गार्डको ड्युटीमा रहेको समयमै हृदयघातबाट मृत्यु भएको छ। अस्पतालमा सुरक्षा गार्डको ड्युटी गरिरहेका बेला धनगढी उप–महानगरपालिका कटानका गजेन्द्र साउदको मृत्यु भएको हो। शुक्रवार दिउसो डेढ बजे अस्पतालमा ड्युटीमा रहेका बेला छाती दुखेको भन्दै इमर्जेन्सी वार्डमा छिरेका सावदलाई १५ मिनेटमै मृत घोषणा गरेका थिए।

अस्पताल प्रहरीका अनुसार इमर्जेन्सी वार्डमा सामान्य उपचार सुरु गरिएपनि सावदलाई बचाउन नसकिएको हो। अस्पतालको ईमर्जेन्सी वार्डमा ड्युटीमा रहेका डाक्टर जगदिश जोशीले हृदयघात भएकाले केहि गर्न नै नसकिएको बताए। उनले मुटुरोग विशेषज्ञ डाक्टर नहुँदा पनि समस्या भएको बताए। यो घटनाले अस्पतालमा ड्युटीमा रहेको अवस्थामै हृदयघात हुँदा पनि बचाउन नसकिएपछि हृदयघात भएर अन्य ठाउँबाट आउने विरामीलाई कसरी बचाउन सकिन्छ भन्ने प्रश्न पनि उठेको छ। हृदयघातपछिको एक घण्टा भित्र सम्वन्धीत चिकीत्सकबाट सामान्य उपचार पाएमा मात्रै पनि विरामीलाई राम्रो अस्पताल सम्म पुगाउनका लागि विरामीलाई थप ४÷५ घण्टा जिवित राख्न सकिने विज्ञहरु बताउछन्।

तर सुदूरपश्चिम भरि हृदयघात भएपछि धेरै मानिसहरुले मृत्यु कुर्नुको विकल्प छैन्। हृदयघातपछि बाँचेका विरामीहरुले पनि सामान्य उपचार समेत नपाएकाले मृत्युको दर बढीरहेको छ। सुदूरपश्चिममा सेती अञ्चल अस्पताल र उप क्षेत्रीय अस्पताल डडेल्धुरामा मुटु रोग विशेषज्ञको दरवन्दी भएपनि दरवन्दी सुरुवातदेखि नै रिक्त छ। जस्ले गर्दा हृदयघात हुने वित्तिकै ज्यान गुमाउनु पर्ने बाध्यता बन्दै आएको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस