सुदूर नेपाललाई विश्वसँग जोड्दै

हाइटीमा बाढी र पहिरोमा परेर १३ जनाको मृत्यु

२०८१ वैशाख २६, ०९:४५ खबर संवाददाता

एजेन्सीः हिंसाग्रस्त हाइटीको उत्तरपश्चिममा भर्खरै आएको भारी वर्षाका कारण बाढी र पहिरोमा परी १३ जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीहरूले मङ्गलवार बताएका छन्।

मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले स्थानीय अधिकारीहरूले क्याप–हाइटेनमा पहिरोमा परी १३ जनाको मृत्यु भएको बताएको उल्लेख गरेको छ। पोर्ट–ओ–प्रिन्सको राजधानीमा घातक गिरोह हिंसाबाट भागेका धेरै मानिसले देशको उत्तरतर्फ सुरक्षा माग गरेका छन्। यसमा मुलुकको उत्तरी तटसँगै क्याप–हाइटियन क्षेत्र पनि सामेल छ। स्थानीय अधिकारीहरूले मुसलधारे वर्षाले घर तथा व्यवसायमा समेत क्षति पुगेको बताएका छन्।

आगामी दिनमा राजधानी लगायत अन्य भागमा थप वर्षा र बाढी आउने अपेक्षा गरिएको ओसिएचएले जानकारी गराएको छ। यी भागमा जारी हिंसाबाट विस्थापित मानिसले भारी वर्षाअघि सरसफाइ चुनौतीको सामना गरिरहेका थिए। शुक्रबारदेखि भारी वर्षा सुरु भएको छ। हाइटीका अन्तरिम मानवीय संयोजक ब्रुनो मेसले सोलिनो छिमेक र पोर्ट–ओ–प्रिन्समाथिको आक्रमणको गहिरो मानवीय प्रभावको कडा निन्दा गरेको बताएको छ। 
 

कमेन्ट लोड गर्नुस