सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीलाई जेरो वेष्ट सिटिज नेटवर्कको सदस्यता मिल्यो

२०८१ जेठ ६, ०५:४९ खबर संवाददाता

धनगढीः ग्लोबल अलायन्स फर इन्सिनिरेसन अल्टरनेटिभ्सबाट धनगढी उपमहानगरपालिकालाई सदस्यता प्रदान गरेको छ।

फोहरमैलाको उचित व्यवस्थापन गरेको भन्दै धनगढीलाई जेरो वेष्ट सिटिज नेटवर्कक संस्थापक सदस्याता मिलेको हो। उपमहानगरपालिकाले फोहरमैला व्यवस्थापन सम्बन्धी गरिरहेको प्रयास एवं स्वच्छता सम्बन्धी पहललाई कदर गर्दै जेरो वेष्ट सिटिज नेटवर्कको फाउन्डेसन मेम्बरको सदस्यता मिलेको धनगढी उपमहानगरपालिकाले जनाएको छ। 

जेरो वेष्ट सिटिज नेटवर्कमा हालसम्म विश्वका ५५० सहर आबद्ध रहेका छन्। नेपालका  धनगढीसहित अन्य २ नगरपालिका आबद्ध छन्।

कमेन्ट लोड गर्नुस