सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

२०८१ जेठ ६, ०८:१० खबर संवाददाता

धनगढीः  कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरिया चोकमा आज (आइतवार) बिहान भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ। विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ ख ४३०१ नम्बरको ट्रकमा से ७ प १८९६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–३ का ३२ वर्षीय शिवराज रानाको सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस